२४ औं दिन पनि शिक्षकहरु सडकमा, चर्को घाममा नाचगान

<span class='c1'>२४ औं दिन पनि शिक्षकहरु</span> <span class='c2'>सडकमा, चर्को घाममा नाचगान</span>

काठमाडौं । शिक्षक–कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन आज(शुक्रबार) २४ औैं दिन पनि जारी राखेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो ।

आन्दोलनरत शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरेपनि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन् । शुक्रबारको चर्को घाममा पनि शिक्षकहरुले सडकमै नाचगान गरेर सांकेतिक प्रदर्शन गरेका थिए । उनीहरुले दबाबमूलक गीतहरु बजाएर नाचगान गरेका हुन् ।

शिक्षकहरुले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्