-माला बस्नेत
शान्त थियो मेरो शहर
अहिले मार्ने मर्ने
लडाइँको खेल मैदान भयो
डर लाग्दैछ अब
देशको इतिहास कालो हुने भो
किन नबुझेका हाम्रा नेताहरुले
घर जलाएर कति दिन
आगो ताप्न सकिन्छ र!
भाडभैलो मच्चाउन सजिलो छ
समाधान नभए के पो
गर्न सकिन्छ र?
अशान्त छ मेरो शहर
कतै टायरको धुवाँमा डुबिरहेछ
कतै अश्रुग्यासमा छोपिइरहेछ
कतै आफ्नै संन्तानको रगतमा
लतपत्तिरहेछ
आजभोलि मेरो शहर
धेरै पीडामा बसिरहेछ
बेरोजगार र महङ्गी
शिखर चढेको छ
एकता र मेलमिलाप
बसाई सरेको छ
मेरो शहर बाट
कलह झगडा र मारपिट
भोगीरहेछ मेरो शहरमा
रुदैछ मेरो शहर
प्रदुषण आँशुले धुदैंछ
रीसराग बढेको छ
स्वार्थमा खेल्नेहरु जगमगएका छन्
ठेकेदार र ब्यापारीले
देश चलाएर
नेता पालीरहेछन मेरो शहरमा
शान्ति सुरक्षा कागजमा छ भन्छन्
जतासुकै नशामा झुले जस्तै
भएकोछ मेरो शहर
कलंकको शुरूवात नहोस
मेरो शहरबाट
हत्या हिसांमा नाम दर्ता
नगराओस मेरो शहरले
यहाँ पनि जनता नै बस्छन् नेपाली
दिक्क मानेर झगडा सबैको
एकदिन सबैतिर
निषेधित क्षेत्र घोषणा नहोस्
कामना मेरो शहरको।