शिक्षक आन्दोलन आज २५ औँ दिन पनि जारी

<span class='c1'>शिक्षक आन्दोलन आज २५</span> <span class='c2'>औँ दिन पनि जारी</span>

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडक केन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अन्तिम लडाईंमा पुगेको् भन्दै सहभागिता बढाउन आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्,‘ हामी निर्णायक र अन्तिम लडाईंमा छौं । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ । यो कुरालाई मनन गरी सहभागिता बढाउनुहोला ।’

उनले आन्दोलनमा सहभागि नभई गाउँमै रहेका शिक्षकहरुलाई आन्दोलनले खोजेको भन्दै लेखेका छन्, ‘गाउँघरमै रहनु भएका साथीहरु, यो आन्दोलनले तपाईलाई खोजीरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईको कर्तव्य के होला, एकपटक आफैंलाई सोध्नुहोला ।’
आन्दोलन स्थलमा पानीमा बोतलहरु छरप्रष्ट नपार्न भन्दै आफूले पानी खाएको बोटल आफैं लिएर जान अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्