सांसद राई पक्राउ बारे प्रहरीले दियो संसदलाई जानकारी

<span class='c1'>सांसद राई पक्राउ बारे</span> <span class='c2'>प्रहरीले दियो संसदलाई जानकारी</span>

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ ।

आइतबार नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौं)ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राईलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीको पत्रमा उल्लेख गरिएको छ ।
राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले सभामुखलाई जानकारी दिएको छ ।
सांसद राई शनिबार बेलुका काठमाडौंको कपनबाट पक्राउ परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्