विदेशी उपहारहरु संग्राहलय बनाएर राखिनुपर्छ : सांसद सिंह

<span class='c1'>विदेशी उपहारहरु संग्राहलय बनाएर</span> <span class='c2'>राखिनुपर्छ : सांसद सिंह</span>

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सार्वजनिक पदको नाममा आउने विदेशी उपहार संग्राहलय बनाएर राखिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पदको नाममा आएको उपहार नेताहरुले आफ्नो घरमा लानु मानसिक भ्रष्टाचार भएको बताएका हुन्।

उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्री यो पद सार्वजनिक हो कि व्यक्तिगत हो ? यदि सार्वजनिक पद हो त कुनै देशको डिप्लोम्याट आउँदाखेरी जुन उपहार दिन्छ, त्यो प्रधानमन्त्रीजी, परराष्ट्रमन्त्रीजीको निजी हुन्छ कि, देशको सम्पत्ति हुन्छ ? उहाँहरु विदेश जाँदा राज्यको ढुकुटी, जनताको करबाट उपहार दिने । विदेशीले उहार दिँदा उहाँको घर–घरमा । जम्मै पूर्व प्रधानमन्त्रीको घरमा प्रधानमन्त्रीको रुपमा दिइएको उपहार भेटिन्छ । यो एउटा मानसिक भ्रष्टाचार हो । त्यसो भए विदेश जाँदा आफ्नो निजी सम्पत्तिबाट उपहार दिउँ ।’

उनले छिमेकी मुलुक भारतमा पनि यसरी आउने उपहार राख्ने संग्राहलय रहेको बताउँदै उनले नेपालमा पनि तत्काल व्यवस्था गरिनुपर्ने धारणा राखे ।
उनले भने , ‘राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीको पदको रुपमा पाएको उहार राज्यको हुन्छ । त्यसको लागि संग्राहलय बनाऔं । भारतमा पनि छ, प्रधानमन्त्रीलाई दिने सबै उपहारको प्रधानमन्त्री संग्राहलय छ । यो मानसिक भ्रष्टाचार हो, यसको अन्त्य गर्नुपर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्