सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन

<span class='c1'>सिरहाको गोलबजारमा राजेन्द्र</span> <span class='c2'>लिङ्देनको पुतला दहन</span>

सिरहा । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ ।

आज अपरान्ह गोलबजार चोकमा एकत्रित भएका तरुण दलका युवाहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पूर्व पश्चिम राजमार्ग समेत केही समयका लागि अवरुद्ध बनाएका थिए ।

लिङदेन विरुद्ध चर्का नारावाजी गर्दै तरुण दल समर्थित युवाहरुले संसद भवनमा झुटा वयान दिएर नेपाली कांग्रेसका एक प्रतिष्ठित नेताको बदनाम गर्ने काम गरेको भन्दै आक्रोस पोखेका थिए । तरुण दलका युवाहरु लिङ्देनको पुतला दहन गर्दै कोण सभा पनि गरेका थिए । तरुण दलका नेता अरविन्द मण्डलको नेतृत्वमा सो विरोध कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्