आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गर्यो : जनार्दन शर्मा

<span class='c1'>आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन</span> <span class='c2'>गर्यो : जनार्दन शर्मा</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘शिक्षकहरु आन्दोलनमा हुनुहुन्छ । हिजो मात्रै शान्तिपूर्ण शिक्षकहरुको आन्दोलनमा सरकारले दमन गर्यो । शान्तिपूर्ण रुपमा बसिरहेको शिक्षकहरुमाथि पानीको फोहोरा, अश्रुग्यास, लाठ्ठि प्रहार गरेर दर्जौनौ शिक्षकहरु घाइते हुनुभएको छ । पत्रकार सविना कार्की गम्भिर घाइते हुनुभएको छ । यस्तो अवस्था किन सिर्जना भैइरहेको छ ? सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ यसको म भत्र्सना गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु ।’ साथै, उनले शिक्षा ऐनलाई परिवर्तन गर्नुपथ्र्यो, पाठ्यक्रम परिवर्तन गर्नुपथ्र्यो तर त्यो नभैइरहेको बताए । उनले राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरु हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरुको मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा सरकार मुकदर्शक बनिरहेको बताए ।

उनले भने, ‘संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको विकास, आजको देशको आवश्यकता, आजको टेक्नोलोजि प्रयोग गर्नेगरी शिक्षा ऐनलाई परिवर्तन गर्नुपथ्र्यो, पाठ्यक्रम परिवर्तन गर्नुपथ्र्यो तर त्यो भैइरहेको छैन । आज पुराना ऐन र कानुनहरुले आज संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा बाधा अड्चन भैइरहेको छ । राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरु हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरुको मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा मुकदर्शक बनिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्