भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

<span class='c1'>भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा</span> <span class='c2'>गैइसक्यो : सांसद सिंह</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ नयाँ भ्रष्टाचार काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइरहेको बताएका छन् ।

आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारको कथा बजारमा छर्लङ आइराखेको बताएका हुन् ।

उनले भने, ‘देश अस्तव्यस्त अवस्थामा छ । एक महिना हुन लागिसक्यो शिक्षक आन्दोलन, मिटरव्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरुको आन्दोलन र कर्मचारीहरुको पनि तयारी हुन गैइराखेको छ । नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पर्मलोडको कथा बजारमा छर्लङ आइराखेको छ ।’

उनले भ्रष्टाचार काण्डहरु ओझेलमा पार्नको लागि यो सरकारले राजावादीहरुले अस्थिरता ल्यायो देशमा भनेर आरोप लगाइरहेको बताए । उनले सदनमै पनि राजावादीहरुलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको समेत बताए । उनले भने, ‘भ्रष्टाचारका यी काण्डहरु ओझेलमा पार्नको लागि अब सरकारले राजावादीहरुले अस्थिरता ल्यायो देशमा भनिकन यही सदनमा पनि यी राजावादीहरुलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको छ । हो हामी राजा चाहिन्छ यो देशमा भन्ने पार्टीका मान्छे हौं । यदी हामीबाट कुनै कमिकमजोरी भएको छ भने कारवाहीको सजाय भोग्न हामी तयार छौं । यदी देशको उन्नती र प्रगती गर्न यी भ्रष्टाचारीहरुलाई छिनोफानो गर्नुपर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्