सरकार थप जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ : सांसद बडू

<span class='c1'>सरकार थप जिम्मेवार र संवेदनशिल बन्न</span> <span class='c2'>जरुरी छ : सांसद बडू</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले तत्काल सकारात्मक सोचकासाथ शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् रहेको बताए ।

जननिर्वाचित लोकतान्त्रिक सरकार दमन गर्न तर्फ नभई थप संयमित, जिम्मेवार र संवेदनशिल बन्न जरुरी रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘गत २७ दिनदेखिको शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा हिजो अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् छ । जननिर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ । सरकार दमन गर्न तर्फ होईन् । सकारात्मक सोचकासाथ शिक्षकहरुको माग सम्बोधन गर्न तर्फ अविलम्ब अग्रसर बनोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्