लिभरपुललाई इंग्लिस प्रिमियर लिगको उपाधि

<span class='c1'>लिभरपुललाई इंग्लिस प्रिमियर</span> <span class='c2'>लिगको उपाधि</span>

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

आइतबार टोटेनहम हटस्परलाई ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि जितेको हो ।

दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो । टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई‌ जोगाउन टोली असफल रह्यो । घरेलु टोलीका लागि लुइस डियाजले १६ औं‌ मिनेटमा बराबरी गोल फर्काए । त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो ।

३४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–१ को अग्रता कायम गर्यो । ६३ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्