भारतमा सवारी दुर्घटना हुदा १२ जनाको मृत्यु

<span class='c1'>भारतमा सवारी दुर्घटना हुदा</span> <span class='c2'>१२ जनाको मृत्यु</span>

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको मन्दसौर क्षेत्रमा आइतवार भएको एक दुखद दुर्घटनामा १२ जनाको ज्यान गएको छ । उनीहरू मन्दिर जाँदै गर्दा चढेको सवारी साधन अनियन्त्रित भई इनारमा खसेको प्रहरीले पुष्टि गरेको छ ।

स्थानीय समाचार अनुसार सवारीले पहिला एक मोटरसाइकललाई ठक्कर दिएको थियो र त्यसपछि चालकको नियन्त्रण गुम्दा इनारमा खसेको हो । मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो । इनारमा खसेका यात्रुहरूलाई बचाउन प्रयास गर्ने एक व्यक्तिको पनि ज्यान गएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गर्नुभयो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्