विराटनगर १९ मा गुडिरहेको टिपरमा आगलागी

<span class='c1'>विराटनगर १९ मा</span> <span class='c2'>गुडिरहेको टिपरमा आगलागी</span>

विराटनगर । मोरङको मोतिपुर खोलाबाट लोड गरेर फर्कदै गरेको टिपरमा अचानक आगलागी भएको छ ।

विराटनगर १९ स्थित मिलनचौकमा सोमबार दिउसो गुडिरहेको टिपरमा अचानक आगलागी भएको हो ।

मोरङको मोतीपुरबाट इनरुवाको भुटाह तर्फ गिट्टी लोड गरेर जादै गरेको प्र १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा अचानक आगलागी भएको मोरङ प्रहरीले जनाएको छ । आगलागी बाट टिपरको अघिल्लो भाग पुर्ण रुपमा जलेको छ । टिपरका चालक साजन सरदारका अनुसार गाडिमा धुवाको गन्ध आएपछि रोकेर हेर्दा आगो सल्कि सकेको र नजिकैको घरबाट बाल्टिमा पानी बोकेर निभाउने प्रयास गर्दा आफुले आगो नियन्त्रणमा लिन नस्कको बताएका छन् ।

टिपरमा लागेको आगोलाई विराटनगर महानगरपालिकाको दमकलले केही बेरैमा नियन्त्रणमा लिएको थियो । टिपर चालक सरदारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको अस्थाई प्रहरी चौकी घिनाघाट विराटनगर १९ का प्रमुख सही राझेश खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्