आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको रोमाञ्चक जित

<span class='c1'>आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको</span> <span class='c2'>रोमाञ्चक जित</span>

काठमाडौं । सुनिल नारायणको प्रभावशाली प्रदर्शनसहित कोलकाता नाइट राइडर्सले मंगलबार राति भएको आईपीएल खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो ।

रहमुल्ला गुरवाज (१२ बलमा २६), सुनिल नारायण (१६ बलमा २७) र अजिन्का रहाने (१४ बलमा २६) को विस्फोटक सुरुवातपछि अंगरिस रघुवंशीले ४४ र रिकु सिंहले ३६ रनको योगदान दिए । दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट, अक्षर पटेल र विपराज निगमले दुई–दुई विकेट लिए । पटेल सबैभन्दा किफायती बलर रहे – ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

२०५ रनको लक्ष्य पछ्याएको दिल्लीले सुरुवात राम्रो गरे पनि अन्तिम चरणमा विकेट गुमाउँदै ९ विकेटको क्षतिमा १९० रनमै सीमित रह्यो । फाफ डु प्लेसिसले ४५ बलमा ६२ र अक्षर पटेलले २३ बलमा ४३ रन बनाएका थि ए। उनीहरूबीच ७६ रनको साझेदारी भएपछि दिल्ली जित नजिक पुगेको थियो, तर नारायणले पटेललाई आउट गरेपछि खेल कोलकातातर्फ फर्किएको हो ।
नारायणले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिए। अन्तिम १७ बलमा कोलकाताले ५ विकेट लिँदै दिल्लीको जितको सम्भावना टार्न सफल भयो ।

यो जितसँगै कोलकाताले १० खेलमा ९ अङ्क जोडेको छ र अंक तालिकामा सातौँ स्थानमा रहेको छ । दिल्ली १२ अङ्कसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्