शिक्षक आन्दोलनले विद्यार्थीको शिक्षा प्रभावित, बालक्लब सञ्जालको ध्यानाकर्षण

<span class='c1'>शिक्षक आन्दोलनले विद्यार्थीको शिक्षा</span> <span class='c2'>प्रभावित, बालक्लब सञ्जालको ध्यानाकर्षण</span>

विराटनगर । शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयहरूमा नियमित पठनपाठन अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष असर विद्यार्थी र बालबालिकाको शिक्षामा परेको भन्दै नगर बालक्लब सञ्जाल विराटनगरले गम्भीर ध्यानाकर्षण गरेको छ।

सञ्जालले जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाका मेयर समक्ष संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रमा हालको आन्दोलनले विद्यार्थीहरूको नियमित कक्षा, पाठ्यक्रम, परीक्षा र अन्य शैक्षिक गतिविधिहरू प्रभावित भएको जनाएका छन्।

"विद्यालयहरू लामो समयसम्म बन्द हुँदा बालबालिकाहरूको सिकाइ प्रक्रिया अबरुद्ध भएको छ, जसको दीर्घकालीन असर उनीहरूको शैक्षिक गुणस्तरमा पर्न सक्ने देखिन्छ," सञ्जालद्वारा बुझाइएको पत्रमा भनिएको छ।

सञ्जालले शान्तिपूर्ण वार्ता र संवादमार्फत अविलम्ब समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। उनीहरूले शिक्षालाई राजनीति वा असहमतिका कारण असर नपुग्ने विषयका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

विद्यार्थीहरुले विद्यालयहरूको अवरुद्ध पठनपाठन तत्काल सुचारु गर्न, शिक्षक आन्दोलनको समाधान गर्न र बालमैत्री तथा शैक्षिक वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्। सञ्जालका विद्यार्थीले विद्यार्थीको भविष्य सुरक्षाका लागि शिक्षा अबाध रुपमा सञ्चालन हुनु अनिवार्य रहेको बताएका छन्।

नगर बालक्लब सञ्जाल, विराटनगर परिवारका विभिन्न सदस्यहरूको हस्ताक्षरसहित बुझाइएको उक्त पत्रमार्फत विद्यार्थीको शिक्षा अधिकार रक्षा गर्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्