विराटनगरमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

<span class='c1'>विराटनगरमा नक्कली नोटसहित एक</span> <span class='c2'>भारतीय नागरिक पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका १३ स्थित एक किराना पसलमा नक्कली भारतीय नोट प्रयोग गर्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकी व्यक्ति भारत बिहार राज्यको अररिया जिल्लाकी १९ वर्षीया सिम्पी बैसन्ति रहेको प्रहरीले जनाएको छ।

वैशाख १६ गते सामान किन्ने क्रममा सिम्पीले भारतीय ५ सय रुपैयाँको नोट पसलेलाई दिएकी थिइन् । सो नोट नक्कली भएको शंका लागेपछि पसलधनीले तत्काल प्रहरीलाई जानकारी गराएका थिए। सूचनापछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सिम्पीको साथमा जाँच गर्दा भारतीय ५ सय दरका ७ थान नक्कली नोट र नेपाली ३ हजार १ सय रुपैयाँ फेला परेको थियो।

प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अगाडि बढाइएको छ। साथै, नक्कली नोटको स्रोत र संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्