सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकारात्मक रुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली

<span class='c1'>सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकारात्मक रुपले</span> <span class='c2'>अगाडि बढेको छ : प्रदिप ज्ञवाली</span>

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठक आयोजना गरिएको बताएका छन् ।

बुधबार सतापक्षीय राजनीतिक दलको बैठकपछि उनले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठकको आयोजना गरिएको भन्दै बैठकमा मुख्य मुख्य विषयहरुको बारेमा महत्वपूर्ण सुझावहरु आएको बताए ।

उनले भने, ‘आजको बैठक राष्ट्रपतिको तर्फबाट नेपाल सरकारको आर्थिक वर्ष २०८२, ८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि आयोजना गरिएको थियो । सत्ता सहयात्री दलहरुले यो वर्षको नीति आगामी वर्षको नीति कार्यक्रममा समेट्नु पर्ने मुख्य मुख्य विषयहरुको बारेमा महत्वपूर्ण सुझावहरु दिनु भएको छ ।’

यस्तै, युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उद्यमशिलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरु आउनु पर्ने सुझाव आएको पनि बताए । उनले भने, ‘युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उनीहरुमा उद्यमशिलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरु आउनु पर्छ भन्ने सुझाव पनि आएको छ । अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारको खर्च गर्ने क्षमता बढाउने अनावश्यक र फजुल खर्चहरुलाई कटौती गर्ने र सरकारको कार्य क्षमतालाई बढाउने कुराहरु पनि आएको छ ।’
उनले शिक्षकहरुसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको भन्दै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमती भएर भोलीदेखि सहज तरिकाले पठनपाठन हुने वातावरण निर्माण हुने बताए ।

विगतको भन्दा राम्रो र परिवर्तन गर्न सक्ने खालको नीति तथा कार्यक्रम आउने र बजेटलाई त्यही हिसाबले अगाडि बढ्नुपर्छ भन्ने सुझाव आएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्