सरकारले थारु मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव

<span class='c1'>सरकारले थारु मधेशी एक हुन नदिन चौधरीलाई</span> <span class='c2'>पक्राउ गरेको हो : प्रवक्ता यादव</span>

काठमाडौं । जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन् ।

उनले प्रज्ञा भवन कमलादीबाट आज हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउदै एकिकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन् ।

‘तत्कालिन अवस्थामा हामीलाई एकिकरण हुन नदिनलाई यो कार्य गरिएको भन्ने हामीले बुझेका छौ । यो देशमा पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्ने ठुलो सन्देश गएको छ । हामी यसको भत्सर्ना पनि गर्छौ र अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेताहरु बसेर अगाडिको छलफल बढाउछौ ।’ उनले भने । उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारु मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए।

उनले भने, ‘राज्यले पहिचानवादीहरु, थारु, मधेशीहरु, सिमान्तकृत वर्गहरु एक ठाउँ नआउन् भन्ने धारणाले यो नै घटना भएको हो । एकता प्रक्रिया रोकिदैन तत्कालको लागि स्थगित भएको मात्र हो । भईरहेको समस्या बुझेर यसलाई अगाडि कसरी लाने छलफल गरी यो एकता गरी छाड्छौ । आज ढिलो हुने कारण प्राविधिक थियो त्यसमा अरु कारण केही थिएन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्