चौधरीलाई लेखिएको पत्र आधिकारिक होइन, कार्यान्वयन नर्गनु : सर्वोच्च अदालत

<span class='c1'>चौधरीलाई लेखिएको पत्र आधिकारिक होइन,</span> <span class='c2'>कार्यान्वयन नर्गनु : सर्वोच्च अदालत</span>

काठमाडौँ । सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अनधिकृतरूपमा पत्र लेख्नेको विषयमा छानबिन गरी कानुन कारबाही प्रक्रिया अघि बढाइसकेको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरिसकेको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस अदालतको शाखा अधिकृतले चनं १९२७७ मिति २०८२/०१/१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौँलाई लेखिएको पत्र अनधिकृत रहेकाले उक्त माथि उल्लेखित चनं र मितिको अनुरोधपत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया सुरु गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्