राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आजबाट सुरु

<span class='c1'>राष्ट्रिय पुरुष हक्की</span> <span class='c2'>प्रतियोगिता आजबाट सुरु</span>

काठमाडौं । नेपाल हक्की संघले पहिलो पटक आयोजना गरेको राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आजबाट सुरु भएको छ ।

aआज (बुधबार) ललितपुरको च्यासल फुटबल मैदानमा विभागीय टोली नेपाल आर्मी र गण्डकी प्रदेशबीच उद्घाटन खेल भएको हो ।

प्रतियोगिता उद्घाटन समारोहमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले हक्कीका लागि बजेट छुट्याउन आग्रह गरेका छन् । उनले सधै चन्दाबाट प्रतियोगिता आयोजना गर्नुपर्ने भन्दै बजेटका लागि आग्रह गरेका हुन् । ‘खेलकुद परिषद्का साथिहरुलाई मैले भने यो देशमा हक्की खेल्छन् । खेलाडी छन्, संघ छ बजेट पनि चाहिन्छ त्यसैले गर्दा माया गरेर बजेट छुट्याइदिनुहोला ताकि आगामि दिनमा प्रतियोगिताहरु अझै स्तरीय होस् । चन्दा मागेर जसोतसो गर्नुपरेको छ,’ उनले भने ।

यस्तै, विभागीय टोली नेपाल आर्मीका खेलाडि दिपेन्द्र ऐरले सरकारले सिमित खेलमा मात्र ध्यान दिएको बताए ।
उनले भने, ‘हक्कीमा खासै विकास भएको छैन यसमा केही परिवर्तन भएको छैन । सरकारले सिमित खेलमा मात्र फोकस गरेको छ । पहिले भन्दा अहिले संघको ध्यान चै पुगेको छ । यसमा हामी खुसि चै छौ ।’ आज भएको प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली नेपाल आर्मी विजय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्