विचार : शिक्षक आन्दोलन र मेरो बुझाई

<span class='c1'>विचार : शिक्षक आन्दोलन</span> <span class='c2'>र मेरो बुझाई</span>

-दमन पोख्रेल
विगत २९ दिनदेखि भएको शिक्षक आन्दोलन आजबाट विधिवत रुपमा अन्त्य भएको छ । र यो आन्दोलन भने हाललाई अन्त्य भएता पनि पुन यसको आवश्यकता नपर्ला भन्ने अवस्था भने ढुक्कका साथ भन्न सकिने अवस्था छैन। यद्यपि यस आन्दोलनका उपलब्धिहरुलाई लिएर धेरै नैरास्यताहरु पोखिएको देखिन्छ जसलाई व्यक्तिगत रुपमा मैले यसरी बुझेको छु:

१. हाल जुन गतिमा शिक्षा विधेयक उपसमिति र समितिमा छलफल हुने क्रममा छ त्यो यही आन्दोलनको कारणले मात्र सम्भव भएको हो ।
२. हामी सबैको आआफ्ना विशेष समस्यालाई प्रमुख मुद्दा मानी त्यस्ता मुद्दालाई व्यक्तिगत रुपमा ठलो ठान्दा आन्दोलनले केही नदिए जस्तो महसुस भएको भन्ने बुझिन्छ।

३. शिक्षा ऐन तत्कालै पारित पारित हुन नसक्ने अवस्था रहेकोमा द्वन्द व्यवस्थापनको प्रमुख सिद्धान्त WIN WIN को अवधारणालाई अवलम्बन गरिएको भन्ने बुझ्न सकिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो यस आन्दोलनमा राजनैतिक रङ्गका कारणले हामी आफैले भित्रभित्रै आन्दोलनलाई कमजोर बनाउने अवस्थामा पुर्याउने चेष्टा भएको प्रमाणहरू हेर्दा आन्दोलन कमजोर हुनसक्ने आधार हामीभित्रै रहेको बुझ्न सकिन्छ ।

५. आवधिक बढुवाको मुद्दा, शिक्षक सरुवा, राहत अस्थायी करार बालविकास तथा कर्मचारीहरूको मुद्दा , उधारो सहमतिमै सिमित भएको देखिँदा मनमा खटपट भइरहेको देखिन्छ । (यद्यपि यी मुद्दाहरू शिक्षा ऐनबाट मात्र सम्बोधन हुने खालका विषयहरू भएको हुनाले नौ वटा बुँदाहरूमा यी पक्षहरू समावेश हुन सक्ने देखिएन । )

निष्कर्ष : लामो समयदेखि हामीले खोजेका विषयवस्तुहरू थोरै भएपनि नौवटा बुँदामा समावेश भई, ऐन पारित गर्ने अन्तिम मिति समेत घोषणा गरिरहँदा समेत विगतमा भएका धोकाहरूलाई चटक्क भुलाएर पत्याइ हाल्नुपर्ने मनस्थितिमा हामी शिक्षक कर्मचारीहरु आश्वस्त हुन सकेका छैनौ र विश्वास पनि गरिहालेका छैनौ । हाम्रो यस अविश्वासलाई विश्वासमा बदल्न राज्यपक्षले बोलेर होइन गरेर देखाइदियोस् भन्ने आशा हामी शिक्षकहरु व्यक्त गर्दछौ ।

अब महासङ्घले वार्ताबाट हल निकाली आन्दोलनलाई स्थगित गरी विद्यालयका दैनिक गतिविधि सुचारु गर्न आह्वान गरेसँगै हामी सबैले आआफ्नो कार्यस्थलमा गई कार्यसम्पादन गरौं, इतिहासमै शिक्षक एकताको यो विशाल उत्सव देखिएको बेला शिक्षक एकतालाई अझ मजबुत बनाउँदै महासंघलाइ निरन्तर ऐन जारी गराउन राज्यलाई खबरदारी गर्न खबरदारी गरौँ, भविष्यमा शिक्षक कर्मचारी हितका विषयवस्तुहरू, शिक्षा क्षेत्र विकासका विषयवस्तुहरूको मुद्दामा सदैव राजनैतिक रङ्ग भन्दा माथि उठेर एक ढिक्का भई आवाज उठाउने प्रतिबद्धता गरौं।

हामी बौद्धिक व्यक्तित्व हुनाले राजनैतिक विषयवस्तुमा र राज्य सञ्चालनका विषयवस्तुमा हाम्रो धारणा हुनु सामान्य कुरा हो तर पेशा र पेशागत धर्मभन्दामाथि राजनैतिक आस्था हावी हुनु हुँदैन। आजैबाट यस कुरालाई हामी सबैले आत्मसाथ गरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्