विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ : निर्देशक शाक्य

<span class='c1'>विद्युत प्राधिकरण ५ अर्ब २६ करोड</span> <span class='c2'>नोक्सानीमा छ : निर्देशक शाक्य</span>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ ।

आज(शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक हेतेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक गरेका हुन् ।

श्वेत पत्र सार्वजनिक गर्दै उनले हालसम्म प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरे । उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको जानकारी गराएका हुन् । उनले भने,‘आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब रु. ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा रु.९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल रु. ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ ।’

त्यस्तै उनले, आ.व.२०८०।८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिएको उनको भनाइ छ ।
‘यसर्थ महालेखाको प्रतिवेदन अनुसार लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदाहरु मध्ये संस्थाले रु.७ अर्ब १९ करोड खर्च नलेखेको र४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढि लेखाङ्कन गरेको तथा २९.९१ करोड आम्दानी नबाँधेको देखिन्छ । समग्रमा आ व.२०८०।८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिन्छ । यसमा संभावित दायित्व समेत वापत हुन आउने नोक्सानी संलग्न छैन,’ उनले भने ।
नेपाल सरकारको प्राधिकरणमा शेयर लगानी रु. २ खर्ब ६ अर्ब ७४ करोड, संचित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडा तर्फ रु. ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी रु. २ खर्ब ५९ अर्ब १० करोड रहेको पनि उनले जानकारी गराए ।

उनले १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी छ रहेको भन्दै जुन विगतका वर्षदेखि बाँकी रही आएको भएतापनि नेपाल सरकारबाट प्राप्त हुन नसकेको बताए । उनका अनुसार २०८१ अषाढ मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको रु. २३ अर्ब ४४ करोडसहित २०८१ फाल्गुनसम्म प्राधिकरणको जम्मा बक्यौता रु. ४४ अर्ब ५४ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्