खेलकुदको विकासमा निजी तथा सरकारको सहभागिता सुनिश्चितता गर्ने

<span class='c1'>खेलकुदको विकासमा निजी तथा</span> <span class='c2'>सरकारको सहभागिता सुनिश्चितता गर्ने</span>

काठमाडौँ । सरकारले रङ्गशालालगायतका भौतिक पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चितता गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कीर्तिपुस्थित त्रिभुनव विश्वविद्यालयको क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रुपान्तरण गर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश, स्थानीय तह र खेल सङ्घको सहयोगमा स्पोर्टस स्कुलको कार्यक्रम सुरु गर्ने उल्लेख गर्नुभयो । उहाँले अन्तरराष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरुका सन्ततिलाई अध्ययनका लागि छात्रावृत्तिको व्यवस्था गरिनेसमेत बताउनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्