पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारी पुरस्कृत, अग्रज पत्रकार शर्मा पनि सम्मानित

<span class='c1'>पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारी</span> <span class='c2'>पुरस्कृत, अग्रज पत्रकार शर्मा पनि सम्मानित</span>

विराटनगर। नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा दुई जना पत्रकारलाई पुरस्कार र एक जना अग्रज पत्रकारलाई सम्मान गरेको छ।

आज(शनिबार) विराटनगरमा सम्पन्न कार्यक्रममा पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारीलाई क्रमशः षष्टिका बस्नेत सूचना अधिकार पुरस्कार र षष्टिका बस्नेत सूचना अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो।

पत्रकार बुढाथोकीलाई १ लाख १ सय रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ भने पत्रकार भण्डारीले २५ हजार २५ रुपैयाँ राशिको प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्। साथै, अग्रज पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएको छ।

उक्त पुरस्कार समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कृत र सम्मानित पत्रकारलाई प्रमाणपत्र तथा नगद राशी प्रदान गरे।

नेपाल पत्रकार महासंघले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा सूचना अधिकार, सुशासन, पारदर्शिता र नागरिक जागरणका पक्षमा सक्रिय पत्रकारहरूलाई पुरस्कृत गर्दै आएको छ। यस वर्ष पनि चैत १६ गते महासंघको ७० औं स्थापना दिवसको अवसरमा पुरस्कार वितरण कार्यक्रम तय गरिएको थियो। तर, राजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको दुःखद निधन भएपछि कार्यक्रम स्थगित भइ हाल सम्पन्न गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्