नेकपा एसले बुझायो कोशीका मुख्यमन्त्रीलाई ज्ञापन

<span class='c1'>नेकपा एसले बुझायो</span> <span class='c2'>कोशीका मुख्यमन्त्रीलाई ज्ञापन</span>

इटहरी । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले जनजीविकाका विविध विषयहरू उठाउँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज एक ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले नेतृत्व गरेको टोलीले तत्काल कार्यान्वयन गर्नुपर्ने र दीर्घकालीन रूपमा समाधान खोज्नुपर्ने मुद्दाहरू समेटेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार सक्षम भएको हदसम्मका मागहरू तत्काल पूरा गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेलले जानकारी दिए । बाँकी मागहरूलाई क्रमिक रूपमा कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने आश्वासनसमेत मुख्यमन्त्रीले बताएका छन् ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार आयोजित यस कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको समेत उपस्थिति रहेको थियो । उनले सरकार अहिले नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले जनसम्बन्धी मागहरू सम्बोधन गर्न उपयुक्त समय भएको धारणा राखे ।
आफ्नो पार्टी जनताको आधारभूत समस्यालाई सधैं प्राथमिकतामा राख्नेमा प्रतिबद्ध रहेको नेकपा एकीकृत समाजवादीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्