विराटनगर जुनियर जेसीजद्वारा आयोजित “TOOTH TALKS: DECODE YOUR SMILE” कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगर जुनियर जेसीजद्वारा आयोजित “TOOTH TALKS:</span> <span class='c2'>DECODE YOUR SMILE” कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगर जुनियर जेसीजको आयोजनामा "TOOTH TALKS: DECODE YOUR SMILE" शीर्षकको प्रभावशाली सत्र आज भानु +२ कलेज, विराटनगरमा सम्पन्न भएको छ। विराटनगर जुनियर जेसीज २०२५ की अध्यक्ष आयुषा खतिवडाको गतिशील नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक डा. अंकिता राठी अग्रवाल (BDS, MDS - प्रोस्थोडोन्टिक्स र म्याक्सिलोफेसियल प्रोस्थेटिस्ट) रहनुभएको थियो।

डा. अग्रवालले मौखिक स्वच्छता, दन्त स्वास्थ्यको महत्व तथा आत्मविश्वासी मुस्कानको शक्तिका बारेमा सहभागीहरूलाई उपयोगी जानकारी प्रदान गर्नुभयो। कार्यक्रममा बिराटनगर जुनियर जेसीजका पूर्व अध्यक्ष जेसी रमित श्रेष्ठ तथा बोर्ड अफ ट्रस्ट अध्यक्ष जेसी टिकाराज ढकालको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका नियुक्त उपाध्यक्ष जुनियर जेसी संयुक्ता पोखरेलले स्वागत मन्तव्य दिएकी थिइन् भने नियुक्त कार्यकारी उपाध्यक्ष जुनियर जेसी रक्षिता तिम्सिनाले सत्रको उद्देश्य र विवरणबारे स्पष्ट पार्दै कार्यक्रम आरम्भ गराएकी थिइन्।

कार्यक्रमलाई सफल बनाउन डा. अग्रवालको विज्ञ मार्गदर्शनका साथै उत्साही सहभागीहरूको सक्रियताको विशेष योगदान रहेको थियो। विराटनगर जुनियर जेसीजले यस्ता जनचेतनामूलक तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने कार्यक्रमहरू आगामी दिनमा पनि सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्