नेपालको उपभोक्ता हित संरक्षण मञ्चद्वारा विराटनगरमा प्रशिक्षण तथा अधिवेशन कार्यक्रम सम्पन्न

<span class='c1'>नेपालको उपभोक्ता हित संरक्षण मञ्चद्वारा विराटनगरमा</span> <span class='c2'>प्रशिक्षण तथा अधिवेशन कार्यक्रम सम्पन्न</span>

विराटनगर । उपभोक्ता हित संरक्षण मञ्च नेपालले शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा मोरङ जिल्ला तथा विराटनगर महानगर पदाधिकारीहरुलाई प्रशिक्षण तथा अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बांनिया, उपाध्यक्ष मेघराज श्रेष्ठ, सचिव भुवन निरौला तथा केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो। त्यसैगरी कोशी प्रदेश अध्यक्ष प्रा.डा.मिनराज ढकाल, सचिव तथा सदस्यहरु, मोरङ जिल्ला अध्यक्ष, सचिव तथा सदस्यहरु र महानगर पदाधिकारीहरु समेतको उपस्थितिमा केन्द्रीय अध्यक्ष तथा सचिवबाट उपभोक्ता अधिकारबारे प्रशिक्षण दिइएको थियो।

प्रशिक्षणसँगै मोरङ जिल्ला तथा विराटनगर महानगरको अधिवेशन पनि सम्पन्न भएको छ। अधिवेशनबाट जिल्ला स्तरमा ७ सदस्यीय पदाधिकारीहरुमा अध्यक्ष तारानाथ भट्टराई, उपाध्यक्ष नन्दराज गिरी, सचिव डिल्ली धिमाल, सहसचिव शकुन्तला श्रेष्ठ, कोषाध्यक्ष अन्जु श्रेष्ठ, सदस्य चक्रमणी भण्डारी र सदस्य तुलसीप्रसाद अधिकारी निर्वाचित भएका छन्।

विराटनगर महानगर स्तरमा पनि ७ सदस्यीय पदाधिकारीहरुमा अध्यक्ष बोधराज घिमिरे, उपाध्यक्ष राजेन्द्र प्रधान, सचिव सुनिलकुमार श्रेष्ठ, सदस्यहरु राजेश गिरी, भुवन राजवंशी, शान्तिदेवि अधिकारी र सुधा अर्याल निर्वाचित भएका छन्।

अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बराल, मोरङ जिल्ला उपाध्यक्ष सागर थापा तथा जिल्ला सचिवालय सदस्य राजन भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साथै कार्यक्रममा विगत लामो समय मञ्चको जिल्ला अध्यक्षको भूमिका निर्वाह गरेका रामकृष्ण विष्टलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्