कोशी अस्पताल विराटनगरको आकस्मिक विभागमा नाक थुनेर बस्छन् कुरुवा

<span class='c1'>कोशी अस्पताल विराटनगरको आकस्मिक विभागमा</span> <span class='c2'>नाक थुनेर बस्छन् कुरुवा</span>

इन्दु साह
विराटनगर । कोशी अस्पतालको आकस्मिक विभागमा दुर्गन्धले नाक थुनेर बस्न बाध्य हुने गरेका छन् कुरुवा । दिशा र पिसाबको दुर्घन्ध नाक पोल्ने गरी फैलिँदा बिरामीका कुरुवा र आफन्तहरू मास्क वा सलले मुख छोपेर बस्न बाध्य छन्। अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढ्दो छ। रेखदेख गर्ने कुरुवा त्यहीँ बस्नुपर्ने बाध्यता हुन्छ ।

तर दुर्गन्धका कारण उनीहरू थप पीडित छन्। एक कुरुवाले भनिन्, म बिहान १० बजेबाट यहाँ छु, तर अहिलेसम्म सफा गर्न कसैलाई देखिएको छैन। छेउमै रहेकी अर्की कुरुवाले पनि अस्पताल सफा नभएको गुनासो गरिन् । आकस्मिक विभाग भित्र सुरक्षागार्डदेखि अन्य स्वास्थ्यकर्मीहरू समेत मास्क लगाएर बसिरहेका छन्। इन्चार्ज गजेन्द्र यादवले सोधपुछमा भने, कुनै–कुनै बिरामीको खुट्टाको चोटबाट पनि गन्ध आउन सक्छ।” तथापि, उनले तत्काल सफाइ कर्मचारीलाई बोलाएर सरसफाइको आदेश दिएका थिए।

यो कक्षमा गम्भीर अवस्थामा आएका बिरामीलाई भर्ना गरिन्छ । जहाँ सरसफाइ र संक्रमणरहित वातावरण अनिवार्य मानिन्छ। हातखुट्टा काटिएका वा गम्भीर चोटपटक लागेका बिरामी सबैभन्दा पहिले यहीँ ल्याइन्छन्। यस्तो संवेदनशील स्थानमा शौचालय सफा देखिए पनि गन्ध सहनै नसकिने गरी फैलिएको छ। कोशी अस्पतालमा सरसफाइ सधैं लापरवाह भएको आरोप लाग्दै आएको छ। पर्याप्त संख्यामा कर्मचारी भए पनि उनीहरूले काम नगर्ने गुनासो अस्पताल प्रशासनबाटै आउने गरेको छ। स्वास्थ्य मापदण्डअनुसार प्रत्येक कक्ष दिनमा कम्तीमा तीनपटक सफा गर्नुपर्ने भए पनि यहाँ त्यो कार्य नियमितरूपमा नहुँदा बिरामी र कुरुवाहरू दुर्गन्धको चपेटामा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्