एमबाप्पेको दुई गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

<span class='c1'>एमबाप्पेको दुई गोलमा रियल</span> <span class='c2'>म्याड्रिडको रोमाञ्चक जित</span>

काठमाडौं । किलियन एमबाप्पेले दुई गोलसहित चम्किएपछि रियल म्याड्रिडले ला लिगामा आइतबार राति सेल्टा भिगोलाई ३–२ ले पराजित गरेको छ ।

यस जितले रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ, र अब ‘एल क्लासिको’लाई निर्णायक बनाएको छ ।

सान्तियागो बर्नाबेउमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । खेलको ३३औं मिनेटमा सर्ट कर्नरपछि प्राप्त बललाई युवा मिडफिल्डर अरडा गुलरले डिफ्लेक्सनमा गोल पोस्टको कुनामा पठाउँदै खाता खोले । त्यसको ६ मिनेटपछि, काउन्टर अट्याकको उत्कृष्ट समापनमा एमबाप्पेले गोलरक्षक गुआइतालाई छलाउँदै दोस्रो गोल थपे ।

दोस्रो हाफको सुरुवातमै एमबाप्पेले गुलरको थ्रु पासमा दौडिँदै बाँया खुट्टाबाट पोस्टको कुनामा गोल गर्दै आफ्नो व्यक्तिगत दोहोरो गोल पुरा गरे ।
तर पाहुना टोली सेल्टा भिगो पछाडि हटेन । खेल सकिन २० मिनेट बाँकी रहँदा जाभी रोड्रिग्वेजले गोल गर्दै अन्तर घटाए । ७६औं मिनेटमा स्वेडबर्गको गोलले खेललाई ३–२ मा ल्यायो । त्यसपछि पनि सेल्टाले बराबरीको प्रयास जारी राख्यो, तर गोलरक्षक कोट्र्वाले अन्तिम क्षणमा उत्कृष्ट बचाउ गर्दै रियलको अग्रता जोगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्