जानकी नवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

<span class='c1'>जानकी नवमीको अवसरमा मधेश</span> <span class='c2'>प्रदेशमा सार्वजनिक बिदा</span>

जनकपुर । मधेश प्रदेश सरकारले जानकी नवमीको अवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जानकी नवमीको अवसरमा बैशाख २३ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मधेश प्रदेश सरकारले यस अघि पनि जानकी नवमीमा सार्वजनिक विदा दिँदै आएको छ ।
जानकी नवमीको अवसमा देशभरि नै सार्वजनिक विदा दिनुपर्ने मागसहित हिजो(शनिबार) जनकपुरधामका साधुसन्तहरुले सरकारलाई ध्यानकर्षण गराउन जुलुस निकालेका थिए ।

त्यस्तै मन्त्रालयले जेठ २८ गते बुधबार पनि कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको सूचनामा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्