विराटनगर । अहिले लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेस थापाले विराटनगरमा बैसाख २६ गते शुक्रबार साँगीतिक कार्यक्रममा तहल्का मचाउदैछन् । विराटनगरको हाटाखोला खुला मैदानमा आउने शुक्रबार साँझ संगीतप्रेमीको अभूतपूर्व उपस्थितिमा भव्य साँगीतिक कार्यक्रम हुन गहिरहेको छ ।
यसका लागि अहिले आयोजक टिमले टिकट बिक्री गर्नेदेखी प्रचार प्रसारलाई तिव्र जोड दिईरहेको जनाएको छ । लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको सयुक्त आयोजनामा दुर्गेश थापा लाईभ ईन विराटनगर नाम दिएर साँगीतिक प्रस्तुतिको तय भएको आयोजकले जनाएको छ ।

साँगीतिक कार्यक्रम हेर्नका लागि प्रि सेल दुई सय रुपैयाँ, डोर सेल तीन सय रुपैयाँ र फ्यान पिट (स्टेज नजिक) एक हजार रुपैयाँ दरका टिकटको व्यवस्था गरिएको लाईभ ईन्टरटेनमेन्टका निनर्देशक सेन्ट्रो महतले जानकारी दिए ।
उनले भने,’कार्यक्रम अघि नै टिकट लियो भने २ सय रुपैयाँ मात्र रहेको र अहिले टिकटहरु विराटनगरको ट्राफिक चौकको द न्यु सप, मोजो क्याफे , न्युम्यु जलजला चौक , द स्मोक हाउस , किरण क्लासिक बेकरी क्याफे संसारी माईस्थान, चिया स्टेशन एयरर्पोट रोड, न्यु किरण बेकरी क्याफे कंचनबारी , साथी क्याफे , रेडमग क्याफे न्युरो लाईन्मा पाईनेछ । त्यसैगरी अनलाईन मार्फत खल्ती एपबाट पनि टिकट स्क्यान गरि बुकिङ गर्न सकिने सेन्ट्रोले बताए । टिकट अहिल्यै खरिद गर्यो भने, सस्तो रहेको र पछि कार्यक्रम स्थलमा महङ्गो पर्ने भएका कारण अहिले नै खरिद गर्न आग्रह गर्दछु । ’ कार्यक्रमको लागि साँगीतिक कार्यक्रमलाई थप आकर्षण बनाउन फेशन शो, स्थानीय खानाका परिकारका स्टलको व्यवस्था गरिएको छ ।
