रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग

<span class='c1'>रविन्द्र मिश्रलगायत सबैलाई तत्काल</span> <span class='c2'>रिहाइ गर्न माग</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन गर्न माग गरेकी छन् ।

आज(सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा सहभागी भएकै आधारमा राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई जुन अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएको छ त्यो घोर भत्र्सनायोग्य भएको बताएकी हुन् ।

उनले भनिन्, ‘चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनलाई हिंसात्मक बनाउन सरकारी सक्रियता जति निदनीय छ । प्रदर्शन स्थलमा उपस्थित भएको र सहभागी भएकै आधारमा फरक विचार राख्नेहरु राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई जुन अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएको छ । यो घोर भत्र्सनायोग्य छ ।’ साथै उनले थुनामा रहेका रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइको माग समेत गरेकी छन् ।

उनले भनिन्, ‘तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन र फरक विचार राखेकै आधारमा थुनामा राखेका रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइको माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्