सरकारले ‘राज्य आंतक’ मच्चायो : सांसद शाही

<span class='c1'>सरकारले ‘राज्य आंतक’ मच्चायो</span> <span class='c2'>: सांसद शाही</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको घटनामा मानव अधिकार चरम उल्लंघन भएको समेत बताए ।

उनले भने, ‘सरकारले राज्य आंतक अत्याधिक ज्यादा गरेको छ । ४० दिनदेखि रविन्द्र मिश्रलगायतका साथीहरु आज पनि थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकार संगठनहरु र राज्यले मानव अधिकारको गम्भीर उल्लंघन गरेका छन् । राज्यलाई म सोध्न चाहन्छु–पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानविन समिति बनाउनेले सविन महर्जनलाई टाउकोमा गोली हानेर मार्नेले आज न्यायिक छानविन समिति किन बनाउँदैन ? त्यो न्यायिक छानविन समिति बनाउन आवश्यक छ । साथै उनले पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानविन समिति बनाउनेले गोली लागेर ज्यान गुमाएका सविन महर्जनको लागि किन न्यायिक समिति बनाइएन भन्दै प्रश्न गरे ।

उनले राज्य र सरकारमा बस्ने व्यक्तिले गोली हान्न पाउने पुनःअधिकार यदी राज्यले नै दिएको हो भने आफूहरु पनि सत्तामा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्