सुधार केन्द्रमा यातना : प्रहरीले ग¥यो सोधपुछ

<span class='c1'>सुधार केन्द्रमा यातना :</span> <span class='c2'>प्रहरीले ग¥यो सोधपुछ</span>

रौतहट । सुधार केन्द्रमा शारीरिक यातना दिएको विषयमा रौतहट प्रहरीले संचालक संग सोधपुछ गरेको छ ।

गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संचालक संग सोधपुछ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ घर भएका सुधार केन्द्रका संचालक सुरज गुप्तालाई बोलाएर सोधपुछसँगै अनुसन्धान सुरु गरेको बताए । उनका अनुसार प्रारम्भीक अनुसन्धानबाट भाइरल भिडियो पुरानो भएको खुलेको उनको भनाइ छ । यो भिडियो करिव ८ महिना पूरानो भएको खुलेको हो उनले भने यातना सहिरहेका युवक २०८१ मंसिर १५ गते सुधार केन्द्रबाट निस्केको पाइएको छ ।

प्रहरीले सुधार केन्द्रमा रहेका ८ जनालाई सोधपुछ गर्दा हाल यहा यस्ता किसिमका घटना नभएको बताएको डिएसपी रायले बताए ।
कुटपिट गर्ने सुधार केन्द्रका तत्कालीन कर्मचारी शिवु पाण्डे रहेको र अहिले कुट्ने र कुटिने दुवै जना छैन उनले भने ।कुटाइखाने व्यक्ति गौरका रितेशकुमार यादव भएको र के कारणले कुटपिट गरेको भन्ने अहिलेसम्म नखुलेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्