संसद भवन समयमै निर्माण सम्पन्न नहुँदा प्रश्न उठ्यो : ठाकुर गैरे

<span class='c1'>संसद भवन समयमै निर्माण सम्पन्न नहुँदा</span> <span class='c2'>प्रश्न उठ्यो : ठाकुर गैरे</span>

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सिंहदरबार भित्र संसद भवनजस्तो महत्वपूर्ण निर्माण कार्य समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन, र विश्वासमा ठेस पुग्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले नयाँ वर्षको नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो तर त्यो समयमै निर्माण किन नभएको भन्दै गुनासो गरे ।

उनले भने,‘नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो । संसदको सिंहदरबार भित्रको महत्वपूर्ण काम समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन र विश्वासमाथि प्रश्न उठेको छ । त्यसले देशभरी दिने सन्देशमा ठेस पुगेको छ । सत्तापक्ष वा प्रतिपक्ष भन्दा पनि सिंगो संसदको ध्यान जान जरुरी छ ।’ साथै उनले क्रिकेट रंगशालाको काम पनि समयममा सम्पन्न गर्न आग्रह गरे ।

उनले भने, ‘क्रिकेट रंगशालाको बारेमा प्रधानमन्त्रीले गर्नु भएको पहलकदमीको समाचार सुने । परियोजना सम्पन्न गर्ने र समयमा परियोजना सम्पन्न गर्नको लागि त्यसमा सुशासन कायम गर्ने धेरै महत्वपूर्ण पूर्ण कुरा हो । प्रधानमन्त्रीज्यूले सपथग्रहण गरेसँगै तीन महिनाभित्रै क्रिकेट रंगशाला बनाउने काम सम्पन्न गर्ने भन्नु भएको थियो । तर त्यो अवधि सकिन दुई दिन अगाडि उहाँले त्यो परियोजना किन सम्पन्न भएन ? अब कति समय लाग्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्