प्रेम देवान
विराटनगर । सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि विराटनगरका विभिन्न स्थानमा जडान गरिएका 'लेन सेपरेटर' सबै भाँचिएका छन् ।

अझ त्यसमा भाचिएका 'लेन सेपरेटर' का नट तथा टुक्राहरुले आम सर्वसाधरणलाई त झनै हैरान पार्न थालेको छ । विराटनगर महानगरपालिकाले गत कात्तिक महिनामा विराटनगरका ४ स्थानमा ४ सय भन्दा बढी 'लेन सेपरेटर' खरिद गरेर राखेको थियो ।

विराटनगरको रोडशेष चौक, जलजल चौक , तिनपैनी चौक र कंचनबारी चौकमा 'लेन सेपरेटर' जडान गरेको थियो । पहिलो पटक विराटनगरमा जडान गरिएको ट्राफिक लाईट भएको एरीयामा सवारी चालकहरुले आफ्नो लेन साईड बुझ्नको लागि राखिएका 'लेन सेपरेटर' छ महिना नपुग्दै सबै भाचिन पुगे । सडक साँधुरो तथा सवारी चालकहरुले सवारी चलाउदा विशेष ध्यान नदिदा सडकमा राखिएका 'लेन सेपरेटर' भाँचिएका छन् ।

सडकमा त्यसै छाडिएका 'लेन सेपरेटर' का नटले स्कुटीको टायर नै पम्पचर बनाई दिएको विराटनगर ७ का भोला मिश्रा (मनोज) ले बताए । बरगाछीबाट ट्राफिक चौक तिर आउने क्रममा विराटनगरको जलजला चौकमा त्यसै छाडिएको 'लेन सेपरेटर' को नटले स्कुटीको टायर नै पम्पचर बनाई दिएको उनले सुनाए । विनासित्तैमा मलाई २३ सय रुपैया घाटा मात्र लाग्यो महानगरले कम्तिमा त्यो भाचिएको नटहरु उखालि दिएको भए आज मैले यो अवस्था भोग्नुपर्दैन थियो मिश्राले गुनासो गरे ।

विराटनगरका ५ का साहिल खानका अनुसार महानगरले गरेका कुनै पनि कामहरु प्रभावकारी रुपमा अगाडी बढ्न सकेको छैन । सडकमा छाडिएका 'लेन सेपरेटर' का नट तथा टुक्रिएका तिखा वस्तुहरुले रोड क्रस गर्ने आम सर्वसाधरणहरुलाई घोच्ने र लड्न सक्ने ठुलो सम्भावना हुने साहिलको गुनासो छ । महानगरले यो समास्याको समाधान जतिसक्दो चाडो गर्न सके राम्रो हुने उनको भनाई छ ।

यता विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन र विराटनगरको सौन्दर्यकरणमा पनि राम्रो होस भन्ने उदेश्यले राखिएको थियो , तर अहिले सबै भाचिएका छन् । ट्राफिक लाईट राखिएको एरीयामा सुरु सुरुमा धेरै जाम हुने, सवारी साधनहरु एकै लाईनमा बसिदिने भएका कारण पनि यो 'लेन सेपरेटर' राख्नु आवश्यक थियो , अहिले धेरै सुधार भएको छ,’ पौडेलले भने । सडकमा छाडिएका 'लेन सेपरेटर' का नटहरु हामी चाडै नै हटाउने छौँ ।’ सडकमा राखिएका 'लेन सेपरेटर' को राम्रो प्रभावकारी भएको देखिएको छ । अहिले सबै जना आफ्नो लाईनमा बस्नेको पौडेलको भनाई छ । ‘पहिले जस्तो खासै सडक जाम नहुने भएका कारण आगामी दिनमा यसलाई सल्लाह सुझाव संकलन गरी राख्ने वा हटाउने बारेमा छलफल गर्नेछौँ तर भाचिएका नटहरु भने भोलीबाट नै हटाउनेछौँ।’