विराटनगर । मोरङको ग्रामथान गाउँपालीका स्वास्थ्य शाखा तेतरियाले एकदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
ग्रामथान २ मा रहेको श्री रवि आधारभुत विद्यालयमा मंगलबार एक दिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
स्वास्थ्य शिविरमा विद्यालयका विद्यार्थी , अभिभावक , वृद्धवृद्धा , महिला तथा बालबालिकाहरुले सेवा लिएका थिए । एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा नाक कान तथा घाटीको चेकजाँच गर्नुका साथै बिरामीहरुलाई औषधी पनि नि:शुल्क वितरण गरिएको ग्रामथान स्वास्थ्य चौकी शाखाका प्रमुख राजकुमार झाले जानकारी दिए। विशेषगरी पिछडिएका समुदायका बालबालिका तथा महिलाहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको झाले बताए । हरेक बर्ष झै यसपटक पनि शत प्रतिशत दलित समुदायका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयका विद्यार्थी तथा उनीहरुका अभिभावहरुको नि:शुल्क स्वास्थ्य शिविरबाट धेरै लावान्भित भएको रवि आधारभुत विद्यालयका शिक्षक जितेन्द्र सरदारले जानकारी दिए।
विद्यालय परिसरमा आयोजना गरिएको एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा १८० जनाले स्वास्थय शिविरबाट सेवा लिएको सरदारले बताए। स्वास्थ्य शिविरमा नोबेल हस्पिटलका नाक कान तथा घाटी रोग विशेषज्ञ डा. सतिस ठाकुर र डा. अन्जनी झाले स्वास्थ्य चेकजाँच गरेका थिए ।