पत्रकारिता क्षेत्रलाई बलियो एवं सुदृढ पार्न प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री

<span class='c1'>पत्रकारिता क्षेत्रलाई बलियो एवं सुदृढ पार्न</span> <span class='c2'>प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री</span>

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिकाको दुइ पाटो भएको बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बुधबार मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भण्डारीले अहिले सरकार बजेट, नीति तथा कार्यक्रम सम्मुखमा रहेको अवस्थामा आम सञ्चारकर्मीहरुको सुझावको अपेक्षा राख्दै लोकतन्त्र माथि चुनौती दिने र यसको गरिमालाई कमजोर बनाई जनतामा भ्रम सिर्जना गर्नेसँग सावधान रहन आग्रह गर्नुभयो ।

अहिलेको व्यवस्थामा भएका कमी कमजोरीलाई सच्याउन सकिने तर लोकतन्त्रको विकल्प खोज्न नहुने भन्दै मन्त्री भण्डारीले भन्नुभयो, ‘ पत्रकारिता क्षेत्रलाई बलियो एवं सुदृढ गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’ मन्त्रालयका सचिव रामप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशिला पाठकले पनि बोल्नुभएको थियो ।

विश्वसनीय सूचनाको अधिकार स् जवाफदेहीता पत्रकारिता र सुरक्षित पत्रकार प्रमुख नारा रहेको पत्रकारिता दिवसको सो कार्यक्रममा पत्रकार यज्ञ शर्माले पत्रकारिताको समस्या र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्