जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

<span class='c1'>जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको</span> <span class='c2'>छानबिन गर्न माग</span>

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्नका लागि माग गरेका छन् ।

आज(बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानविनका लागि माग गरे ।

उनले के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो भन्दै प्रश्न गरे । उनले भने,‘जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा उर्जा मन्त्रालयको मन्त्री र जगदुल्लाह हाइड्रोपावरको कार्यकारी निर्देशकको मिलेमतो भएको छ भन्ने कुराहरु विभिन्न सञ्चारमाध्यममा आएको छ । के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने ? यो विषय अख्तियारमा नि गएको छ । खरिद नियमावली विपरीत छ भनेर त्यहाँ पनि गएको छ । यसमा मन्त्रीको समेत मिलेमतो भएको कारण यसको छानविनको लागि माग राख्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्