शौचालय नहुँदा समस्यामा विराटनगरको नयाँ गुद्रीका व्यापारी, नयाँ निर्माण भईरहेको व्यवस्थापनको भनाई

<span class='c1'>शौचालय नहुँदा समस्यामा विराटनगरको नयाँ गुद्रीका</span> <span class='c2'>व्यापारी, नयाँ निर्माण भईरहेको व्यवस्थापनको भनाई</span>

इन्दु साह
विराटनगर । विराटनगर–११ नयाँ गुद्रीको पुरानो शौचालय गईसक्नु छैन । पुरानो शौचालयमा व्यापारी जान नसक्ने भएपछि नयाँ बनाउने कार्य धमाधम छ । पुरानो शौचालय अति फोहोर भएपछि व्यापारका लागि बस्ने महिलाहरु दिनभर पिसाब च्यापेरै बस्नुपर्ने स्थिति रहेको बताउँछन् । धेरै व्यापारीले गुनासो गरेपछि आवश्यकता महसुश गरेर गुद्रीमा आधुनिक शौचालय निर्माण सुरु गरिएको हो ।

तरकारी, फलफुल व्यापारी तथा गुद्रीबजार व्यवस्थापन समितिको पहलमा शौचालय निर्माण भईरहेको हो । ५० लाखको अनुमानित रकममा गुद्रीका व्यावसायिहरुले निर्माण थालेका हुन् । २०८१ को असार महिनादेखि निर्माण कार्य भइरहेको छ, अब केहि महिनामा निमार्ण कार्य सम्पन्न भई संचाालनमा आउने गुद्री बजार व्यवस्थापन समितिका सचिव गुड्डु मियाले जानकारी दिएका छन् ।

पहिलेको शौचालय अव्यवस्थित र दुर्गन्धित छ । लामो समयदेखि तरकारीको थोक तथा खुद्रा कारोबार हुने स्थानमा शौचालयको संरचनादेखि सरसफाई लगायतमा कमोजरी देखिएको कारण नयाँ शौचालय निर्माण थालिएको हो । पुरानो शौचालय गहिरो स्थानमा बनेपछि अलिअलि पानी पर्ने बितिकै भरिने गरेको छ । पानी पर्दा उक्त शौचालयमा डुबान हुने हुँँदा, शौचालय प्रयोग गर्न सकिने अवस्था रहदैन । शौचालय आसपासको क्षेत्रमा दुर्गन्ध फैलिएको छ । शौचालय भित्र त्यस्तै दुर्गन्ध छ । शौच गरेको मलमुत्र शौचालय पछाडि रहेको खुल्ला जमिनमा जान्छ । लामो समयदेखि यसरी खुला स्थानमा मलमुत्र गईरहेकोले उक्त जमिनमा पोखरी झै भएको छ । नयाँ गुद्रिका केहि महिला व्यापारीहरलाई शौचालय प्रयोग बारे सोध्दा दिनभर पिसाब च्यापेर बस्नु परेको सुनाउँछन् ।

व्यापारी मिरा साह भन्छिन् शौचालयमा जान सकिदैन गनाउँछ, दुर्गन्धले एकछिन बस्न नसकिने सुनाउछिन् । आपत परे घरमै पुग्ने गरेको उनले सुनाइन् । यी यावत समस्याहरुलाई बुझ्दै व्यापारीहरुको सहमती र सहयोगमा करिब १५ धुरको क्षेत्रफलमा आधुनिक शौचालय बनिरहेको छ । हालसम्म ३० देखि ३५ लाखसम्म यस शौचलयमा खर्च भएको छ । विगत केहि वर्ष देखि स्थानीय सरकार र मन्त्रालसंग शौचालय निर्माणकालागि बजेट माग गरेको तर गुद्री बजार निजी जमिनमा भएको कारण बजेट विनियोजन नभएको व्यापारी मियाको भनाई छ । अहिले नयाँ शौचालय निर्माणमा गुद्रीका व्यापारीहरु खुसी साथ सहयोग गरिरहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्