जनकपुरधामको खेलकुद मैदानमा चलखेल भए आन्दोलनमा उत्रिने रास्वपाको चेतावनी

<span class='c1'>जनकपुरधामको खेलकुद मैदानमा चलखेल भए</span> <span class='c2'>आन्दोलनमा उत्रिने रास्वपाको चेतावनी</span>

काठमाडौं । रास्वपाका सांसद मनिष झाले जनकपुरधामको खेलकुद मैदानमा दलाल छिरेको भन्दै खेलाडीको सपनामा कुनै व्याबधान भयो भने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज(बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भइसकेको भन्दै अब विचौलियाको चलखेल भएमा आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौँ कि खेलकुद मैदानका लागि आन्दोलन भयो तर, जनकपुरधाममा धेरै चाँडै खेलकुद मैदानका लागि आन्दोलन गर्दैछौँ । लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो, सबै भयो खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो त्यसको लागि अहिले सम्म ४ करोड खर्च पनि गरेको थियौं । तर, खै के प्रलोभनले हो त्यसको भाडा एक्कासि ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो । यसमा पक्कै पनि समृद्ध विचौलिया र दलाल छिरे जस्तो छ । अब यदी जनकपुरको खेलाडीको सपनामा कुनै व्याबधान भयो भने आन्दोलन चाँडै हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्