राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन

<span class='c1'>राजसंस्था पुनर्स्थापनाका लागि जेठ</span> <span class='c2'>१५ गतेबाट अनिश्चितकालीन आन्दोलन</span>

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ ।

आज(बिहीबार) पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको घोषणा गरेको हो ।

तीन प्रमुख मागसहित समितले आन्दोलन गर्ने भएको हो । परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता काय गर्दै राजसंस्था अटाउने गरि नयाँ समझदारी, सर्वधर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको मागसहित आन्दोलनको घोषणा भएको हो ।
आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रहसहितको आन्दोलन हुनेछ । राजा र जनताबीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ ।’

समितिको आन्दोलन सरकारविरूद्ध नरहेको विज्ञप्ति मार्फत जनाइएको छ । जनतामा निहीत सार्वभौम सत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ गर्नु आन्दोलनको मुख्य उद्देश्य रहेको समेत उल्लेख छ । परिवर्तनकारी शक्तिहरूले चाहेको खण्डमा संविधानको परिधिभित्रैबाट आफूहरूको माग सम्बोधन गर्न सकिने समेत विज्ञप्ति मार्फत सुवेदीले बताए । आन्दोलनमा राप्रपा, राप्रपा नेपाल सहितका राजनीतिक दल र विभिन्न समूहहरूले समेत ऐक्यवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्