भोली दुर्गेश थापा विराटनगर आउँदै, कार्यक्रमको तयारी पूरा

<span class='c1'>भोली दुर्गेश थापा विराटनगर</span> <span class='c2'>आउँदै, कार्यक्रमको तयारी पूरा</span>

विराटनगर । भोली शुक्रबार विराटनगरमा अहिले लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेश थापा विराटनगर आउदैछन् । यता आयोजकले कार्यक्रम स्थलमा स्टेज निर्माणको कामदेखि अन्य व्यवस्थापनको कामहरु लगभग सबै तयारी पूरा भएको जनाएको छ ।

लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा दुर्गेश थापा लाईभ ईन विराटनगर नाम दिएर भोली वैशाख २६ गते शुक्रबार साँझ साँगीतिक प्रस्तुतिको तय गरेको छ । भोली साँझ ५ बजेपछि विराटनगरको हाटखोला मैदानको खेल मैदानमा हुने कार्यक्रममा फेशन शो , दुर्गेश थापाको प्रस्तुतिमा यहाँका गायकहरुको पनि प्रस्तुती हुने लाईभ ईन्टरटेनमेन्टका निदेर्शक सेन्ट्रो महतले जानकारी दिए ।

शुक्रबार साँझ संगीतप्रेमीको अभूतपूर्व उपस्थितिमा भव्य साँगीतिक कार्यक्रमका लागिका स्थानीय युवाहरु निकै उत्साहित पनि देखिएका छन् ।
साँगीतिक कार्यक्रममा सहभागिता जनाउको लागि अहिले टिकटहरु धमाधम विक्री भईरहेको छ ।

विराटनगरका विभिन्न पसल तथा क्याफेहरु टिकट उपलब्ध रहेको छ भने अनलाईन मार्फत खल्ती एपबाट पनि टिकट स्क्यान गरि बुकिङ गर्न सकिने आयोजकले जनाएको छ । विगत लामो समयदेखी विराटनगरमा साँगीतिक कार्यक्रममा गर्दै आएको टिमले पुन: एक पटक अहिलेका चर्चिक गायक दुर्गेश थापालाई ल्याएर साँगीतिक धमका मचाउदैछ । कार्यक्रमको सुरक्षा व्यावस्थादेखी अन्य काम सकिएकाले विराटनगर लगायत आसपासका संगितलाई माया गर्ने संगीतप्रेमीहरुलाई कार्यक्रममा सहभागिता जनाउन आयोजकले आग्रह समेत गरेको छ ।

दुर्गेश थापा प्राय स्टेजमा भन्दा पनि मैदानमा दर्शकहरुसँग रमाउने गर्दछन् । कतिपय स्थानमा त उनको कडा प्रस्तुतिले गर्दा आयोजकलाई समाल्न समेत हम्मे हम्मे हुने गरेको छ । कहिले कपडा खोल्दै गाउने त कहिले दर्शकहरुलाई स्टेजमा नै बोलाएर गाउन लगाएर मनोरन्जन लिने गरेको धेरै उदाहरण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्