सवारी नियम उल्लंघनमा टिभिआरएस प्रणाली सर्वसाधारणलाई झन्झटिलो

<span class='c1'>सवारी नियम उल्लंघनमा टिभिआरएस</span> <span class='c2'>प्रणाली सर्वसाधारणलाई झन्झटिलो</span>

इन्दु साह
विराटनगर । मोरङ जिल्लामा ट्राफिक जरिवाना तिर्ने प्रक्रिया डिजिटल बनाइएको छ । हाल जिल्लाभर ट्राफिक जरिवाना बुझाउन ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टिभिआरएस) प्रणाली अनिवार्य गरिएको छ । यस प्रणालीमार्फत नागरिकले क्युआर कोड स्क्यान गरी मोबाइल बैंकिङ अथवा अन्य डिजिटल माध्यमबाट सजिलै जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको हो ।

यद्यपि यो प्रविधिमैत्री उपाय भए पनि मोबाइल बैंकिङ वा डिजिटल भुक्तानी सेवा प्रयोग नगर्ने सर्वसाधारणका लागि यो प्रणाली झन्झटिलो बनिरहेको छ । कतिपय नागरिकहरू मोबाइल बैंकिङको पहुँच वा ज्ञान नहुँदा जरिवाना तिर्न थप अन्योलमा पर्ने गरेको मोरङ जिल्ला ट्राफिक प्रमुख राजन लम्साल बताउछन् । प्रमुख लम्साल भन्छन् कतिपय नागरिकले मोबाइल बैंकिङ चलाउन जान्दैन्‌न भुक्तानी गर्नुपरे अरुको मोबाईल बैंकिङ प्रयोग गर्दा जरिवाना शुल्क भन्दा बढि लाग्छ, यस्तो अवस्थामा नागरिकले कार्यालयमा गुनासो गर्ने गर्दछन् । लम्साल भन्छन् डिजिटल माध्यमबाट भुक्तानी गर्दा नागरिक ठगीमा पर्दैन्‌न र पारदर्शी पनी हुन्छ ।

नागरिकलाई प्रकृया झन्झटिलो लाग्ने हुदा प्रकृया सहज नमान्ने गरेका छन् । डिजिटल भुक्तानी प्रणाली प्रभावकारी भए पनि यसको पहुँचलाई सहज बनाउने र सबै नागरिकलाई समेट्ने उपायको खाँचो देखिएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रणाली पारदर्शिता र समय बचतका हिसाबले उत्तम भए पनि सेवा प्रयोग गर्न नागरिकलाई आवश्यक सहयोग र जानकारी दिनुपर्ने आवश्यकता देखिएको हो । पहिले जरीवाना ट«ाफिक प्रहरीले नै बुझ्‌ने गरेका थिए । पछिल्लो समय छिटो छरितोको लागि डिजिटल प्रणाली कार्यन्वयनमा ल्याइएको हो । नेपालका विभिन्न स्थानमा योे पहिलेनै प्रयोगमा आएको भएतापनी मोरङ जिल्लामा पहिलो पटक लागु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्