विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

<span class='c1'>विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण</span> <span class='c2'>सदनलाई जानकारी गराउन माओवादीको माग</span>

काठमाडौं । नेकपा माओवादीका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ् होस् भनि सभामुख समक्ष माग गरेका हुन् ।

उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडिया मार्फत जानकारी गराउनु भएका विद्युत प्राधिकरणका आम्दानी र खर्चका विवरणले आम जनतामा र सबैमा अन्यौल सिर्जना गरेको छ त्यसैले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे यस सदनलाई जानकारी गराउनको लागि सरकारलाई रुलिङ् होस भनि सभामुख समक्ष अनुरोध गर्दछु ।’
यस्तै, उनले गोरखा र धादिङ जिल्लाको बीचमा पर्ने भर्खरै सुरु गर्न लागेको राष्ट्रिय गौरवको जलासययुक्त बुढि गण्डकि जलविद्युत परियोजना यही आर्थिक वर्ष ८२, ८३ देखि निर्माण सुरु गरियोस् भनि सरकारसँग माग पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्