बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ यसलाई बढाऔं : सांसद राना

<span class='c1'>बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ</span> <span class='c2'>यसलाई बढाऔं : सांसद राना</span>

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् सिता कुमारी रानाले सरकारले बालबालिकामाथि गरेको लगानी एकदमै न्यून भएको बताएकी छन्।

आज(शुक्रबार) प्रतिनिधिसभामा बोल्दै उनले संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासंन्धि अनुमोदन गरेको ३५ वर्ष वितिसक्दा पनि थोरै स्थानीय तह बालमैत्री हुनु दुर्भाग्य भएको बताएकी हुन् ।

उनले भने, ‘सन् १९९० मा नै संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासंन्धि विनासर्त अनुमोदन गरेका छौँ । ३५ वर्ष भयो अन्तर्राष्ट्रिय समुदायसामु प्रतिबद्धता गरेको तर अझै पनि महासन्धिमा भएका धेरै विषयका कार्यान्वयनको यर्थात अवस्था सबैसामु जगजायछ छ । तिनै प्रतिबद्धता कार्यन्वयन गर्न बालमैत्री स्थानिय शाषनको अवधारणा कार्यान्वयनमा ल्याएको करिब १३ वर्षको अन्तरालमा छौँ हालसम्म २६ स्थानीय तह र करिब १ सय वडा मात्र बालमैत्री हुनु दुर्भाग्य छ । सिंगो देशलाई बालमैत्री बनाउन अन्तराष्ट्रिय समुदायसामु गरेको प्रतिवद्धता पुरा गर्न राज्यले बालवालिकामाथि गरेको लगानी अत्यन्तै न्युन छ।’

उनले अबको बजेटमा बालबालिकामैत्री बजेट तर्जुमा गरी बालवालिकामाथि लगानी गर्न र देशमा बाललगानी दशकको घोषणाको लागि सरकारसँग माग पनि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्