ओबी समाचार प्रभाव : त्यसै छाडिएका ‘लेन सेपरेटर’का नट तथा टुक्राहरु महानगरले हटायो

<span class='c1'>ओबी समाचार प्रभाव : त्यसै छाडिएका ‘लेन</span> <span class='c2'>सेपरेटर’का नट तथा टुक्राहरु महानगरले हटायो</span>

विराटनगर । आवर विराटनगरले केही दिन अगाडि विराटनगरका सडकमा छाडिएका 'लेन सेपरेटर'का नट तथा टुक्राहरुले गर्दा सर्वसाधरणलाई सास्ती भनेर समाचार सप्रेषण गरेको थियो ।

समाचार प्रकाशित भएको भोलीपल्ट नै विराटनगर महानगरपालिकाले चासो दिदै सडकमा छाडिएका नट तथा डाडो पारेर छाडिएका प्लाष्टिकका टुक्राहरु हटाएको हो ।

सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि महानगरले गत कात्तिकमा विराटनगरका विभिन्ना ४ स्थानमा 'लेन सेपरेटर' जडान गरिएको थियो ।

विराटनगरको रोडशेष चौक, जलजल चौक , तिनपैनी चौक र कंचनबारी चौकमा 'लेन सेपरेटर' जडान गरेको थियो । पहिलो पटक विराटनगरमा जडान गरिएको ट्राफिक लाईट भएको एरीयामा सवारी चालकहरुले आफ्नो लेन साईड बुझ्नको लागि राखिएक 'लेन सेपरेटर' छ महिना नपुग्दै सबै भाचिन पुगेका थिए । सडक साँधुरो तथा सवारी चालकहरुले सवारी चलाउदा विशेष ध्यान नदिदा सडकमा राखिएका 'लेन सेपरेटर' भाँचिएपछि आम सर्वसाधरण तथा सवारी साधनको टायर पम्पचर हुन थालेपछि तिव्र महानगरको आलोचना भएको थियो । त्यसैलाई आधार बनाएर आवर विराटनगरले स्थलगत भिडियो रिर्पोट तयार पारेको थियो ।

यता समाचार प्रकाशित भएसँगै महानगरले बुधबार विहानै सडकमा छाडिएका ति नट तथा टुक्रिएका वस्तुहरु हटाएको छ । विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन र विराटनगरको सौन्दर्यकरणमा पनि राम्रो होस भन्ने उदेश्यले राखिएको थियो , तर सवारी चालक धनीले राम्रोसँग ध्यान नदिदाँ सबै भाचिन पुगेका छन् ।

ट्राफिक लाईट राखिएको एरीयामा सुरु सुरुमा धेरै जाम हुने, सवारी साधनहरु एकै लाईनमा बसिदिने भएका कारण पनि यो 'लेन सेपरेटर' राख्नु परेको थियो । सडकमा राखिएका 'लेन सेपरेटर' को राम्रो प्रभावकारी भएको पौडेलेको भनाई छ । अहिले सबै जना सवारी चालकहरु आफ्नो लाईनमा बसेर ट्राफिक नियम पालना गरेका छन्,’ पौडेलले भने । ‘आवर विराटनगरको समाचार प्रति हाम्रो ध्यानकषर्ण भएसंगै हामीले त्यहाँ रहेका नट तथा टुक्रिएका वस्तुहरु हटाईसकेयौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्