समयमै गर्भनर नियुक्ति नगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ : प्रभु शाह

<span class='c1'>समयमै गर्भनर नियुक्ति नगर्दा अर्थतन्त्रलाई ठूलो</span> <span class='c2'>असर पर्छ : प्रभु शाह</span>

काठमाडौं । आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् ।

आज(शुक्रबार) प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘किन अहिलेसम्म दुई महिना अगाडि गर्भनर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन । पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेको छ । यस्तो मनपरिले देश अर्थतन्त्रलाई ठूलो असर पारिरहेको कुरा म ध्यानाकर्षण गर्न चाहन्छु ।’
साथै, उनले जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने यो भन्दा बिडम्बना के हुन्छ भन्दै प्रश्न गरे । उनले तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिती रहेको बताए ।

उनले भने, ‘बैंकरहरुको मनमानीले लुटले आज बैंकहरु अस्तव्यस्त भएका छन् । एकातिर आम जनताले कर्जा पाइराखेको छैन भने अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ । तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिती छ । जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने यो भन्दा बिडम्बना के हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्