हुन्डाई नेपालद्वारा विराटनगर र ईटहरीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

<span class='c1'>हुन्डाई नेपालद्वारा विराटनगर र ईटहरीमा क्रेटा</span> <span class='c2'>इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम</span>

विराटनगर । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको सुदृढ नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरूबीच अत्यन्त लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएको छ। उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैं ध्यान दिने हुन्डाई नेपाल हाल नेपालको सबैभन्दा सफल अटो ब्रान्डहरु मध्ये एक हो।

कम्पनीका अनुसार, नयाँ क्रेटा EV (इलेक्ट्रिक गाडी) को सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी किन्ने वा नकिन्ने भन्ने दुविधाबाट बाहिर निस्कन ठूलो सहयोग पुर्याएको छ। धेरै ग्राहकहरूको इलेक्ट्रिक गाडीमा स्पेयर पार्ट्स उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा चिन्ता रहने गरेको थियो। तर हुन्डाईले नेपालमा क्रेटा आइसीको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल र इलेक्ट्रिक दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था रहेन। हुन्डाईका ग्राहकहरुले EV होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रुपमा प्राप्त गर्न सक्नेछन्।

यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ। यसै अभियान अन्तर्गत कम्पनीले ईटहरी र विराटनगरको हुन्डाई नेपाल ईस्टर्न प्रा.लि. (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेषगरी क्रेटा EV सार्वजनिक गरिएको थियो। साथै उपस्थित व्यक्तिहरुले हुन्डाईको टिमसँग प्रत्यक्ष कुराकानी गरी गाडी सम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेका थिए।

कम्पनीले एक सफा र स्मार्ट भविष्यतर्फको आफ्नो यात्रालाई अगाडि बढाउँदै देशको सबै क्षेत्रमा ग्राहकसँगको सम्बन्धलाई अझै बलियो बनाउन प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्