प्रेम देवान
विराटनगर । अहिलेका चर्चित गायक तथा नृत्य कलाकार दुर्गेश थापाको धमकेदार प्रस्तुतिले शुक्रबार विराटनगरको गर्मी माहोलाई झन गरम बनाईदियो । विराटनगरमा पहिलोपटक सांगीतिक कार्यक्रमका लागि शुक्रबार आईपुगेका दुर्गेस थापाले आफ्ना लोकप्रिय हट हट गीतहरु प्रस्तुत गरी विराटनगरमा महोल तताए ।

लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्टले सयुक्त आयोजना गरेको कार्यक्रमलाई यार्सा गुम्बा ड्रिंसले मुख्य प्रायोजन गरेको कार्यक्रममा मोडलहरुलाई पनि ¥याम्पमा उतारिएको थियो । साँझ ७ बजेपछि सुरु भएको कार्यक्रमलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले दिप प्रज्लवनगरी औपचारिक रुपमा कार्यक्रम सुरुवात गरिएको थियो ।

कार्यक्रमलाई आर्कषित र उत्कृष्ट बनाउनको लागि काठमान्डौबाट आएकी प्रतिक्षा डंगोलले कार्यक्रम होष्ट गरेकी थिईन् । कार्यक्रमको सुरुमा स्वागत नृत्यसँगै विभिन्न आईटम डान्सहरु प्रस्तुत गरिएको थियो भने विराटनगरका म्युजिकल व्याण्डहरुले आदा दर्जन बढी गीतहरु गाएर आफ्नो प्रस्तुति दिएका थिए । लामो समय सम्म दुर्गेस थापाको प्रतिक्षामा बसेका दर्शकहरुको चाहाना भने ९ बजेपछि मात्र भयो ।

विराटनगरमा पहिलोपटक भएर पनि होला कार्यक्रममा सबै उमेर समुहका दर्शकहरु हर्षित देखिन्थे । अरुबेला युवा जमात मात्र सहभागी हुने सागीतिक कार्यक्रममा यसपटक भने साना बालबालिका देखी आमा उमेर समुहका दर्शकहरुको बाक्लो उपस्थिती देखिन्थ्यो । हाटखोला खेल मैदानमा बनाइएको स्टेजमा झिलिमिली बत्ती बलेसँगै दुर्गेस स्टेज चढे । स्टेजलाई ढोक्दै गीतको ट्रयाकमा स्टेजलाई कभर गरेका दुर्गेसले अहिलेको निकै नै चर्चित गीत ‘दुस्मन हेरेको हेरै ’ गाउदै दर्शकहरुले दिएको साथले उनलाई झन् हौसला बढेको थियो ।

झन्डै आदा दर्जन गीतजस्ता लोकप्रिय गीतमा नाच्दै, गाउँदै स्टेज तताएका थापाको जोशपूर्ण प्रस्तुति देखेर दर्शक झुमिरहेका थिए । कार्यक्रम अवधिभर दर्शकको हुटिङ र साथले माहोल झनै रोमाञ्चक बनाएको थियो । स्टेजमा दुर्गेसले गीत गाउदै गर्दा दर्शकहरु पनि स्टेजमा नै चढेर नाच्न भ्याए भने कतिपयले सेल्फी खिच्दै गाउदै साथ दिईरहेका थिए । कार्यक्रममा दुर्गेसका फ्यानहरुले दुर्गेसको फोटो आर्ट गरी हस्तान्त्रण गरेका थिए । दुर्गेसले पनि आर्ट गरिएका फोटोहरुलाई घरमा लगेर भित्तामा सजाएर राख्ने बताएका थिए ।

कार्यक्रममा दुर्गेस थापाले दुस्मन हेरेको हेरै ३ – ३ पटक गाएर दर्शकहरुलाई दुस्मन हेरेको हेर्रै बनाउन सफल भए । आयोजक टिमका सेन्ट्रो महतका अनुसार, दर्शकको यति ठूलो उपस्थिति र उत्साहले हामीलाई आश्चर्यमा पारेको छ । भीड व्यवस्थापनमा केही कठिनाइ त भइहाल्यो, तर अन्ततः सबै सुरक्षापूर्वक यसपटकको कार्यक्रम पनि सम्पन्न भयो । सुरक्षाकर्मी, स्वयंसेवक र आयोजकबीचको तालमेलले भीड नियन्त्रणमा ल्याउन सफल भए पनि, केही समय दर्शकलाई स्टेज नजिकबाट टाढा राख्न सकस भएको थियो। थापाले पनि प्रस्तुति बीचमा दर्शकलाई संयमित र शान्त रहन आग्रह गरेका थिए । कार्यक्रमले सांगीतिक मनोरञ्जन मात्रै होइन, विराटनगरको सांस्कृतिक वातावरणमा ताजगी पनि भरेको अनुभूति विराटनगरवासीले गरेका छन् ।

