सांसद पराजुलीले सम्झिए प्रेम आचार्यको आत्मदाह, उधारो असुली कानुनको माग

<span class='c1'>सांसद पराजुलीले सम्झिए प्रेम आचार्यको</span> <span class='c2'>आत्मदाह, उधारो असुली कानुनको माग</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशभित्र तथा अन्तर्राष्ट्रिय तहमा गरिने व्यवसायलाई मर्यादित बनाउन उधारो असुली कानून बनाउन माग गरेका छन् ।

आज(आइतबार) जारी प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उधारो व्यवसायलाई कानूनले नचिन्दा कारोबार डुबेर कयौं व्यक्तिले जीवन त्यागिरहेको भन्दै उद्यारो असुलीको कानूनको माग गरेका हुन् ।

‘देशभित्र तथा अन्तर्राष्ट्रिय तहमा गरिने व्यवसायी कारोबारलाई मर्यादित बनाउन उधारो कारोबारलाई कानूनी श्रृङखला भित्र जोड्नको लागि तत्काल उधारो असुली कानून बनाउनको लागि सरकार र सम्बन्धित मन्त्रालयलाई निर्देशनसहित ध्यानाकर्षण गराउदछु ।’उनले २०७९ माग १० गते बानेश्वरचोकमा प्रेम आचार्यले आत्मदाह गरेको घटना सुनाउँदै असुली कानुनको अभाव कारण अति साना, साना र मझौला उद्योगी व्यवसायीको पीडामा परेको बताए ।

‘उधारो व्यवसाय भित्रको श्रृङखला हो । तर यसलाई कानूनले नचिन्दा कारोबार डुबेर कयौँ प्रेम आचार्यहरु आज पनि चुपचाप जीवन त्यागिरहेका छन् । ठूला र घराना उद्योगी व्यवसायीहरुले पहँुचका कारण उद्यारो असुली गर्न सक्लान् । तर अति साना, साना र मझौला उद्योगी व्यवसायीको पीडा र उधारो असुलीका बारेमा कसले बोलिदिने सरकार,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्